
नारी बाटिका
फाईल तस्वीर
भगवती बिबियु
धादिङ २७ फागुन
धादिङको मुरलीभज्यांङस्थित काउली घुम्तीमा दिउँसै बाघले आक्रमण गर्दा एक जना घाईते भएका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मुरलीभज्यांङमा पर्ने काउले भन्ने गाउँ नजिकैको जंगलमा बाघको आक्रमणबाट एक जना घाईते भएका हुन् ।
शनिबार दिउँसो अ. पौने पाँच बजेतीर बाघको आक्रमणबाट स्थनीय ३६ बर्षिय नवराज राउत घाईते भएका स्थानीवासीले बताएका छन् । वाघको आक्रमणबाट घाईते भएका राउतको धादिङ अस्पतालमा उपचार भईरहेको छ । उहाँको अवस्था सामान्य रहेको धादिङ अस्पालले जनाएको छ ।
राउत बाख्रा चराउन घर नजिकैको जंगल गएका र निजको चरिरहेको बाख्रालाई बाघले आक्रमण गरेपछी वाघबाट बाख्रालाई छुट्याउन खोज्दा नवराजलाई नै उक्त वाघले आक्रमण गरी घाईते बनाएको राउका भाउजु मैयाँ राउतले नारी बाटिका डट्कम अनलाईन खबरलाई जानकारी दिनु भयो । घट्ना भएको जानकारी प्राप्त हुनसाथ घटना स्थलमा प्रहरी पुगेको थियो ।
पिच सडककै छेउमा रहेको जंगलबाट निस्किएर एक्कासी बाघले आक्रमण गरेपछि स्थानीयवासीहरु त्रसित बनेका छन् ।स्थानीयहरुले बाघ नै भनेपनि बाघ होकी होईन भन्नेमा केही समय त भ्रममै परेका जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस