
धादिङ १ चैत्र ।
आज विहान धादिङको नीलकण्ठ नगरपालिकास्थित नीलकण्ठ वहुमुखी क्यम्पसका एघार बाह्रमा अध्यनरत विद्यार्थीहरुबिच झपड भएको छ ।
एक कक्षा कोठामा भएको कक्षा सकी अर्को कम्प्युटर रुममा एघारका विद्यार्थीहरु कम्प्युर कक्षा लिन जाँदै गर्दाको अबस्थामा झपड भएको हो ।
एक्कासी बाहिरबाट आएका अपरिचित २ जना व्यक्तिहरु विद्यार्थीको भेषमा टोपी र माक्स लगाएर आएका उनीहरुले काठको मुडाले टाउकोमा प्रहार गर्दा एकजना विद्यार्थी घाईते भई धादिङ अस्पतालमा उपचार भैरहेको छ ।
घटना के कारणले घटेको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । थप जानकारी आउन बाँकी छ ।












प्रतिक्रिया दिनुहोस