
नारी बाटिका
काठमाडौँ -१७ चैत ।
सहकारी संस्था र लघुवित्त ठगी प्रकरणमा जोडिएकाहरुलाई सरकारले नै जोगाएको नेपाली काँग्रेसका नेता अर्जुन नर्सिङ केसीले बताउनु भएको छ । कांग्रेसका सांसद समेत रहनु भएका नेता केसीले सहकारी र लघुवित्तको रकम ठगी गर्नेलाई सरकारले नै जोगाएको आरोप लगाउनु भएको हो ।
आज काठमाडौँमा आयोजति एक कार्यक्रमलाई सम्बोधन गर्नु हुदै उहाँले अहिले देशव्यापी सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको र त्यस्ता ठग्हरुलाई सरकारले संरक्षण गरिरहेको बताउनु भयो।
यतिबेला राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौति तर्फ गैरहेको र नागरिकहरुमा निराशा छाएको स्पष्ट पार्नु भयो । यस्तै उहाँले जनतामा निराशा र अनुन्तुष्टि आइरहेकोले बिस्तारै समाज विद्रोह र अराजकतातिर उन्मुख भइरहेको पनि जिकिर गर्नु भयो ।
साथै पछिल्लो समयको सरकार सरकार जसरी र संसद संसद जसरी सञ्चालन हुन नसकेको समेत प्रष्ट पार्नु भएको छ ।








प्रतिक्रिया दिनुहोस