
नारी बाटिका
काठमाडौं २२ चैत।
आज देशभर आंशिक बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ । जसको प्रभावले अहिले बिहान देशभर आंशिक बदली रहेको छ भने मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि मुख्यतया सफा रहने छ ।
बिहिबार (आज)कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थान साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी भू–भाग तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।
साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।








प्रतिक्रिया दिनुहोस