आज:  | Tue, 21, May, 2024

राप्रपा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडे

२७ चैत्र २०८०, मंगलवार १४:४३ मा प्रकाशित ( १ महिना अघि) ३२२ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २७ चैत ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको जनप्रदर्शन तथा जुलुसले निषेधित क्षेत्र तोडेका छन्। सरकारले निषेधित गरेको क्षेत्र सिंहदरबारको मूल गेट अगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेका हुन् ।

प्रदर्शनकारी निषेधित क्षेत्र तोडेपछी प्रहरीले केही सेल अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको छ ।

सरकारलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा उत्रिएका राप्रपाले उनीहरुको माग पूरा गर्न दबाव सिर्जना गर्न जनप्रदर्शन गर्नु परेकोे बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस