
नारी बाटिका
धादिङ २७ चैत ।
नेपाल तरुणदलका केन्द्रीय सदस्य सुजन घिमिरेले भवन निर्माणका लागि दुई लाख सहयोग गरेका छन् । धादिङ ज्वालामुखी घर भई हाल काठमाडौमा व्यवशाय गर्दै आएका समाजसेवी घिमिरेले तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि केन्द्रीय सदस्य घिमिरेले नगद २ लाख सहयोग गरेका हुन् ।
धादिङ ज्वालामुखीको माटोमा जन्मिएका घिमिरे लामो समय नेपाल विद्यार्थी संघमा क्रियाशील थिए । घिमिरे नेपाली कांग्रेस पार्टी र तरुण दलका प्रभावशाली युवा नेता हुन् । काठमाडौंमा व्यवसाय गरिरहेका घिमिरेले तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङलाई एक कार्यक्रमका बीच मंगलबार सहयोग रका हस्तान्तरण गरेका हुन् ।
नेपाल तरुण दलको चैतको १५ र १६ गते बसेको केन्द्रीय समिती बैठकले आफ्नै कार्यालय भवन बनाउने निर्णय गरेको थियो । जसअनुसार तरुण दलले भवन निर्माणका लागि सहयोग उठाउन थालेको हो ।









प्रतिक्रिया दिनुहोस