
नारी बाटिका
काठमाडौँ ३० चैत।
आज देशको यी प्रदेशमा चट्याङ सहित वर्षाको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सुक्रबार कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशको पहाडी भू(भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागको केही स्थानहरू र बाँकी पहाडी भू(भागको एक(दुई स्थानमा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज राति कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ।
साथै कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागका एक–दुई स्थानमा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।








प्रतिक्रिया दिनुहोस