
नारी बाटिका
बिबियु
नारी बाटिका संवाददाता
धादिङ- १२ वैशाख ।
आज वैशाख १२ गते, वितेको २०७२ सालको महाभूकम्पको स्मृतिमा विभिन्न कार्यक्रम हुंदैछ । २०७२ वैशाख १२ गतेकादिन नेपालमा गएको महाभूकम्पको स्मृतिमा विभिन्न सचेतनामुलक कार्यक्रम गरीने गरिन्छ ।
यसैबिच गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज(बुधबार) उक्त पालिकाभर सार्वजनिक बिदा दिएको छ। मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले वैशाख १२ गते बिदा दिने निर्णय गरेको थियो ।
गएको २०७२ साल वैशाख १२ गते नेपालका ७७ जिल्लामध्य, गोरखा,धादिङ ,रसुवा,नुवाकोट,सिन्धुपाल्चोक काठमाडौं,भक्तपुर,ललितपुर लगायतका जिल्लामा शक्तीशालीभुकम्प गएको थियो । उक्त बिनासकारी भुकम्पले सबैभन्दा बढी क्षति गोरखा जिल्लाको बारपाकमा पुर्याएको थियो ।
गोरखाको बारपाक गाउँ लाई केन्द्रविन्दु बनाएर गएको ७.६ भूकम्पले ज्यान गुमाएका नागरिकको सम्झनामा आज सो पालिकाले बिदा दिने निर्णय गरेको हो।
यस्तै उक्त गाउँपालिका १ मा रहेको श्री हिमालय माविको खेलमैदानमा आज((बुधबार) दिउँसो ११ः४५ बजे श्रद्धाञ्जली सभा समेत राखिएको पालिकाले जनाएको छ।साथै २०७२ साल वैशाख १२ गतेको कालोदिनमा गएको महाभूकम्पको स्मृतिमा बारपाकमा आज सार्वजनिक बिदा दिने निर्णय गरिएको हो








प्रतिक्रिया दिनुहोस