आज: २०८२ चैत्र ४, बुधबार | Wed, 18, Mar, 2026

इलाम र बझाङमा हुने उपनिर्वाचनको आजदेखि मौन अवधि सुरु

२०८१ बैशाख १३, बिहिबार मा प्रकाशित ( १ साल अघि) ११६२६ पटक पढिएको
नारी बाटिका


काठमाडौँ -१३ वैशाख।

इलाम र बझाङमा हुने उपनिर्वाचनका लागी आजदेखि मौन अवधि सुरु भएको छ । वैशाख १५ गते शनिबार हुने इलामको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता अनुसार आजदेखि प्रचार प्रसार गर्न निषेध सुरु भएको हो ।

राष्ट्रीय निर्वाचन आयोगले मतदान हुने दिनभन्दा ४८ घण्टा अघि अर्थात् गएराति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्था समेत मिलाइसकेको छ ।

निर्वाचन आचारसंहिता बमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबर जस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट पनि मत माग्न निषेध गरेको छ ।

यस्तै निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारण जस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले जानकारी गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस