
काठमाडौं।२१ वैशाख ।
वेश्यावृतिमा वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भनि भारतको नयाँदिल्ली पुर्याई महिलालाई वेश्यावृतिमा लगाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ बबई गाउँपालिका(५ घर भएका ४५ वर्षीय पूर्ण बहादुर भण्डारीलाई बुधबार सोही गाउँबाट प्रहरीले पक्राउ गरेको हो ।
वेश्यावृतिमा फसेकी पीडित महिला नयाँदिल्लीबाट २०८० असार १३ गते भाग्न सफल भई नेपाल फर्कीएर मानब बेचबिखन अनुसन्धान व्युरोमा जाहेरी दिएकी थिईन् । पिडित महिलाको तर्फबाट उजुरी परेपश्चात इलाका प्रहरी कार्यालय तुलसीपुर समेतको समन्वयमा मानब बेचविखन कार्यमा संलग्न भण्डारी पक्राउ परेका हुन् ।












प्रतिक्रिया दिनुहोस