
अछाम २५ वैशाख।
अछामको रामारोशन गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु हिजो मृत्यु भएको हो ।
हिजो (सोमबार)राति आएको हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको अछाम जिल्ला प्रहरी कार्यलयले जनाएको छ। त्यस्तै चट्याङले एकै परिवारका तीनजना घाइते भएका छन् भने घर समेत नष्ट भएको छ ।
यसैबीच,डडेल्धुरा जिल्लामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् साथै उनीहरुको घर पूर्ण रूपमा नष्ट भएको छ ।
सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।
प्रहरी कार्यलयले जनाए अनुसार घाइते उनीहरूको अवस्था सामान्य रहेको बताईएको छ ।












प्रतिक्रिया दिनुहोस