
काठमाडौँ २७ वैशाख।
आज नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । सरकारले भोली (शुक्रबार) देखि शुरु गर्न लागेको बजेट अधिवेशन बारे आवश्यक छलफल गर्नका लागी आज अपराहन्न २ बजे पार्टीको संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।
यसैगरी कांग्रेसले केही समयदेखी सहकारी ठगी प्रकरणमा मुछिएका भन्दै गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न यस अघिको संसद अधिवेशन अवरुद्ध गरेको र शुक्रबार देखि शुरु हुने बजेट अधिवेशन लाई पनि अवरुद्ध गर्ने चेतावनी दिदै आएको छ ।












प्रतिक्रिया दिनुहोस