
नारी बाटिका
काठमाडौँ २७ वैशाख।
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा तत्कालीन अध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल बाल संगठनको स्वामित्वमा रहेको बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन अध्यक्ष रीता सिंह वैद्य सहित २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
वैद्यको मिलेमतोमा करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्य सहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विहिबार जिल्ला अदालत काठमाडौंबाट अनुमती सहित पक्राउ पुर्जी लिएको छ ।
उनीबाट पुराना र आन्तरिक प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएपछि अनुसन्धानका लागि बिहीबार आरोपित विरुद्ध ठगीको कसुरमा थप अनुसन्धान सुरु गरिएको हो ।
२०४९ यता साढे २ दशक सम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको खुलेको थियो ।
यस्तै पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म)का लागि बाल मन्दिरको जग्गा सुम्पिएको उनीहरु विरुद्ध आरोप लागेको छ ।
जग्गा लिजमा दिएबापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी बृहस्पतिबिच सम्झौता भएको थियो । त्यसपछि बृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय बोर्डबाट सञ्चालित ‘राय स्कुल’लाई सव लिज दिएर वार्षिक ६० लाख असुल्दै आईरहेको थियो ।








प्रतिक्रिया दिनुहोस