आज: २०८२ चैत्र १०, मंगलबार | Tue, 24, Mar, 2026

आज विहान सल्यानमा एक दम्पती मृत फेला

२०८१ बैशाख ३०, आईतबार मा प्रकाशित ( १ साल अघि) १२१६१ पटक पढिएको
नारी बाटिका


सल्यान ३० वैशाख ।

सल्यानको कुपिण्डे नगरपालिकामा एक दम्पती मृत फेला परेका छन् । आईतबार सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ स्थित देउलीका एक दम्पती मृत फेला परेका हुन्।

अन्दाजी ३४ वर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा आईतबार विहान अ.साडे ६ बजे फेला परेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

श्रीमान मनोज बुढाले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेको जस्तो अबस्था देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका , प्रहरी प्रवत्ता तथा सुचना अधिकारीले जानकारी दिनु भयो।

उहाँका अनुसार श्रीमती कमलाको शव घरको माथिल्लो तलामा टाउको र घाटी काटिएको अवस्थामा फेला परेको र श्रीमान मनोज बुढाको तल्लो तलामा झुण्डिएको अवस्थामा फेला परेको बताउनु भयो ।

नारी बाटिका संवाददातासंग भर्खरै भएको सम्पर्कमा प्रहरी प्रमुख नविन कार्कीकै नेतृत्वमा प्रहरी नायव उपरिक्षक सहितको टोली घटनास्थलमा पुगेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताउनु भएको छ।

मृतकका तिन सन्तान रहेका प्रहरीले बताएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस