
काठमाडौं ३१ वैशाख ।
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा दानवहादुर कार्की नियुत्त हुनु भएको छ । शोमबार प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका वरिष्ठ प्रहरी उपरीक्षक दान बहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी तोकिएको सचिवालयले जनाएको छ ।
सुचना अधिकारी एवं वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ र ईमेल ठेगाना मा सम्पर्क गर्न सकिने जनाईएको छ ।












प्रतिक्रिया दिनुहोस