
दाङ २ जेठ।
दाङको ७ मा विद्यालयको शुल्क विवादमा वडाध्यक्षकै कार्यकक्षमा कुटपिट भएको छ । राजपुर गाउँपालिका वडा नं.७ मा श्री माध्यमिक विद्यालय सिक्टाको शुल्क विवादमा प्रधानाध्यापकमाथि कुटपिट भएको हो ।
विद्यालयको शुल्कको विषयमा विवाद भएपछी प्रधानाध्यापक विष्णु खत्रीलाई वडा सदस्य प्रमोद बस्नेतले कुटपिट गरेका हुन् ।
वडा नम्बर ७ का वडाअध्यक्ष पुष्कर वलीसँग सोमबार वडा कार्यालयमा छलफल गरिरहेका बेला वडा सदस्य बस्नेतले आफूमाथि कुटपिट गरेको प्रधानाध्यापक खत्रीले बताएका छन् ।
यता वडा सदस्य बस्नेतले भने प्रधानाध्यापक खत्रीले नै आफुलाई आक्रमण गर्न आउँदा आफूले आफ्नो बचाउ गरेको प्रतिक्रिया दिएका छन् ।












प्रतिक्रिया दिनुहोस