
नारी बाटिका
काठमाडौँ ११ जेठ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज काठमाडौँ केन्द्रित विषाल विरोध प्रदर्शन गर्ने भएको छ। बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले सो निर्णय गरेको कांग्रेस नेता एव्ं प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनु भयो ।
उहाँलेआज (शुक्रवार) कांग्रेसको नेतृत्वमा काठमाडौँ केन्द्रित संघर्ष गर्ने र सहकारीका विषयमा पीडित केन्द्रित आन्दोलन गर्ने पार्टीले निर्णय गरेको बताउनु भयो ।
यसैगरी पार्टीलाई स्थानीयस्तरसम्म लैजान विभिन्न कार्यक्रमहरु गर्ने निर्णय भएको पनि बताउनु भयो। पार्टीका नेताहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि कांग्रेसको नेतृत्व गर्नेहरुबाट पार्टीलाई ठिक ठाउँमा पु¥याउन नसकेको आरोप लगाउँदै आईरहेका वेला काँग्रेसले नागरिककाबिचमा गई उनीहरुको सवाल समस्यामा सहयोग गर्ने भएको हो ।
पछिल्लो समयमा देशका विशेषगरी शहर केन्द्र्रीत केही सहकारीहरुले नियम विपरित सहकारीका बचत अपचलन गर्ने तथा हिनामिना जस्ता कार्य गरेका पाईएकोले सदस्यका बचत सम्रक्षणका निमित्त पार्टीले काम गर्ने निर्णय गरेको जनाईएको छ ।
उहाँले भन्नु भयो ‘नेपाली कांग्रेसले राखेको गृह्रमन्त्री रवी लामिछानेको सहकारी ठग प्रकरणमा नाम आएकोले उहाँमाथी छानविन गर्न आफ्नो पार्टीले अडान राखिरहेको बताउनु भएको छ । तर उक्त संसदीय छानविन समितीमा बसेको बैठकको पनि निष्कर्ष विहीन बनेको बताउनु भयो । यस्तै नेपाली काँग्रेसले उपप्रधान एवं गृहमन्त्री लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान राखेपछि बैठक निष्कर्ष विहीन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बताएका थिए।








प्रतिक्रिया दिनुहोस