
नारी बाटिका
काठमाडौं ३० जेठ ।
विदेशमा रोजगारी दिलाईदिने भन्दै अनलाइन मार्फत रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका(४ सितापाईला बस्ने १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उनले विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा ई(भिसामा पठाईदिने र त्यहाँ पुगेपछि वर्क भिसा गराई दिन्छु भन्दै प्रलोभनमा पारी आफ्नो बैंक खातामा ५ लाख रूपैयाँ पठाउन लगाई ठगी गरेको खुलेको हो ।
किश्वरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलिले शोमबार बानेश्वरबाट पक्राउ गरेको छ । उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस