आज: २०८३ जेष्ठ १२, मंगलबार | Tue, 26, May, 2026

उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने

२०८१ जेष्ठ ३२, शुक्रबार मा प्रकाशित ( १ साल अघि) १०९०५ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ३२ जेठ ।

बागमती प्रदेशका केही स्थान लगायत काठमाडौँ उपत्यकामा शनिबारदेखि मनसुन सक्रिय हुने देखिाएको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार देशको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा सुरु भईरहेको छ । तर देशको बाँकी भू(भागमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाको भनाइ छ ।

महाशाखाको मौसमविद् सरोज पुडासैनीले हाल देशको पूर्वी भू(भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू(भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले अन्य क्षेत्रमा मनसुन सक्रिय हुन नसकेको बताउनु भयो ।

“कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव परेको छ,। यस्तै नेपालको पूर्वी भागमा मनसुन सुरु भएको एक सातापछि पश्चिम भागमा भित्रि सक्नुपर्ने भएतापनि भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण पश्चिममा मनसुन सक्रिय हुन समय लागेको हो”, उहाँको भनाई छ ।

महाशाखाका अनुसार सुक्रबार कोशी प्रदेशका केही स्थानमा साधारणतया बदली तथा मधेस प्रदेश र बागमती प्रदेश लगायत पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

यसैगरी आज कोशी प्रदेशको थोरै स्थान तथा बागमती प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस