आज: २०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

आज प्रतिनिधिसभाको बैठक बस्दैछ साथमा (कार्यसूची सहित)

२०८१ अषाढ ४, मंगलबार मा प्रकाशित ( १ साल अघि) ४४९२ पटक पढिएको
नारी बाटिका


काठमाडौं ४ असार ।

प्रतिनिधिसभाको बैठक मंगलबार आजपनि बस्दै छ । बैठक आज छबिहान ११ बजेका लागि बोलाइएको छ भने असार १ गते प्रस्तुत तथा विनियोजन भएका विधेयकमाथिको बजेट बैठकमा छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।

सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने जनाएको छ।

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ। साथै सांसदहरूले मन्त्रालयको खर्च कटौती सम्बन्धी प्रस्ताव पेश गर्ने र निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस