आज: २०८२ चैत्र २, सोमबार | Mon, 16, Mar, 2026

कता जाँदैछ समाज ? संसद भवनमा कार्यरत प्रहरीले आफैँलाई गोली प्रहार गरी हत्या

२०८१ अषाढ ५, बुधबार मा प्रकाशित ( १ साल अघि) ५४२० पटक पढिएको
नारी बाटिका


काठमाडौं ५ असार ।

आज संघीय संसद भवनभित्र कार्यरत नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली प्रहार गरी हत्या गरेका छन् । आफैँलाई गोली प्रहार गरी हत्या गर्नेमा प्रहरी जवान अजित गोले रहेका छन् । गोलेले आज बिहान ड्यूटीमा बसेका समय शौचालयमा छिरेर आफैलाई गोली हानेका हुन्।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए अनुसार दोलखा घर भएका २२ वर्षीय प्रहरी जवान अजित गोलेले आफैले आफैलाई गोली हानेर आत्महत्या गरेका हुन्।

प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ)मा कार्यरत् रहेका उनले आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेको र घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ।

बुधबार विहानै अजितले दुई नम्बर गेटको शौचालायमा छिरेर गोली हानेका थिए। उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस