
नारी बाटिका
संखुवासभा – ११ असार ।
शोमबार संखुवासभा जिल्लामा एक २१ महिनाकी बालिका बलात्कृत भएकी छन्। आफ्नै घरमा खेलि रहेकी ति अवोध बालिकालाई १४ वर्षका युवकले फकाएर बलात्कार गरेको प्रहरीले पुष्टी गरेको छ ।
बालिका घरमा एक्लै थिईन् । उनी एम्लै भएको मौका छोपी एक १४ बर्षिय किश्वरले बलात्कार गरेका हुन्। पीडित पक्षको उजुरीका आधारमा आरोपित किश्वरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनु भयो।
खेतिको समय भएकोले बालिकाका अभिभावकहरु खेतबारीमा काम गर्न गएका वेला ती बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ। पक्राउ परेका युवकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। अहिले पीडित अवोध बालिकाको अस्पतालमा उपचार भइरहेको छ।








प्रतिक्रिया दिनुहोस