
काठमाडौं १६ असार ।
काठमाडौं अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको छ । उक्त प्रकरणमा तस्कर र उच्च अधिकारीहरुबिच बिचौलियाको काम गरेको आरोप लागेका झालाई शुक्रबार राति पक्राउ परेका हुन् ।
उनलाई ७ दिनको हिरासतमा राखेर अनुसन्धान गर्न आदेश पाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
झालाई आज (आइतबार) म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पेश गरिएको थियो । पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो ।
निकै अघिदेखी फरार रहेका झालाई प्रहरीको विशेष ब्युरोको टोलीले भारतबाट समातेर शुक्रबार जिल्ला प्रहरी परिसर, काठमाडौँको जिम्मा लगाएको थियो ।












प्रतिक्रिया दिनुहोस