आज: २०८३ बैशाख ८, मंगलबार | Tue, 21, Apr, 2026

मुलुकमा नयाँ राजनीतिक घटनाक्रम संगै देउवा निवासमा विपक्षी दलको आकास्मिक बैठक

२०८१ अषाढ १८, मंगलबार मा प्रकाशित ( १ साल अघि) ९४८४ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १८ असार ।

देउवा निवास बूढानीलकण्ठमा वर्तमान विपक्षी दलहरूको संयुक्त बैठक अहिले आकास्मिक बसिरेहेको जानकारी आएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी बैठकमा राप्रपा, लोसपा लगायतका दलका शीर्ष नेताहरू सहभागी रहेका सभापती देउवाको निजी सचिवालयले जनाएको छ।

अहिले बसिरहेको आकास्मिक बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठकमा नयाँ बन्ने सत्ता समिकरणका बारेमा छलफल भइरहेको जनाइएको छ।

केही दिनदेखी गार्यँगुँईँ हल्ला चलिरहेको भएतापनि सोही विषय यथार्थमा परिणत भई गएराति एमाले र कांग्रेसबीच संविधान संशोधन गर्ने एजेन्डा सहित यि ठुला दुई दलकाबिचमा सत्ता समिकरणमा नयाँ सरकार बनाउने सहमति भएको थियो। नयाँ सहमति पछि बसेको राप्रपाको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनमा सहमति हुनु स्वागत योग्य भएको बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस