आज:  | Fri, 02, May, 2025

ट्रेड्युनियन कांग्रेस धादिड॰ले सान्ती नायक गिरिजाप्रशाद कोईरालाको जन्मदिन मनायो

१९ असार २०८१, मंगलवार १९:३८ मा प्रकाशित ( १0 महिना अघि) ३७७२ पटक पढिएको
नारी बाटिका


धादिङ १८ असार ।
बिबियु
नारी वाटिका समचार व्युरो

नेपालका सान्ती नायक तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा आज नेपाली काँग्रेस निकट ट्रेडयुनियन धादिङले कार्यक्रम सम्पन्न गरेको छ । विसं १९८१ असार १८ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको गर्भबाट उहाँको जन्म भएको थियो । विसं २००४ मा विराटनगर जुटमिलमा भएको मजदुर आन्दोलनबाट राजनीतिमा प्रवेश गर्नु भएका राजनेता कोइराला २०५३ वैशाख २९ गतेदेखि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनु भएको थियो ।

त्यसवेला उहाँ कांग्रेसको पाँचौँ सभापति बन्नु भएको थियो । कोइराला २०६६ चैत ७ गतेसम्म कांग्रेसको सभापतिमा रहनु भयो । विसं २०४८, २०५५ र २०५६ मा गरी उहाँ २०६२ र २०६३ सालको जनआन्दोलनअघि तीनपटकसम्म प्रधानमन्त्री बन्नु भएको थियो । विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग भएको अवस्था थियो । त्यपछि भएका जतिपनि जनआन्दोलनको नेतृत्व जति सबै गिरिजाप्रसाद काईरालाले नै गर्नु भएको थियो।

राजा ज्ञानेन्द्रले विसं २०६१ माघ १९ गते मुलुकमा राजनितिक दलमाथि प्रतिबन्ध लगाउँदै आफै मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गर्नु भएको हो । उहाँकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्र अनुसार विघटन भएको प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत हुनु भएको थियो । जसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ ।

उक्त जनआन्दोलन सफल भएपछि उहाँ चौँथोपटक फेरी प्रधानमन्त्री बन्न सफल हुनु भयो । पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाको सबै अधिकार खास्दै आलङ्कारिक राजाका रुपमा सीमित बन्न पुगेका थिए । देशमा भएको भुमिगत क्रान्तिकारी आन्दोलनमा हजारौं नागरिकले विना कारण ज्यान गुमाईरहेको अवस्थामा उहाँ कै नेतृत्वमा माओवादी जनसेनाको समायोजन सहित हतियार व्यवस्थापन गर्नमा सफल हुनु भयो ।

उहाँ कै नेतृत्वमा छ दशक भन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक एवं उहाँका दाजु बिपी कोइरालाको सपना २०६४ चैत २८ गते पूरा भएको थियो । देशमा जनताको संविधान जारी गर्न पहिलो संविधानसभाले सकेन तरपनि नेपालको इतिहासमा यो ऐतिहासिक घटनाक्रमको ईतिहाँस भने बनेको छ । पहिलो संविधानसभा निर्वाचनसँगै नेकपा माओवादी संसदीय बहुदलीय राजनीतिक प्रतिष्पर्धामा आएको थियो ।

उहाँले चारपटक देशको प्रधानन्त्री हुनु भयो । अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभार समेत सम्हाल्नु भई राजा ज्ञानेन्द्र निलम्वनमा परेसँगै उहाँले कार्यवाहक राष्ट्राध्क्षको भूमिका निर्वाह गर्नु भएको हो । उहाँकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट दुई सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित भएको थियो । उहाँको २०६६ चैत ७ गते निधन भएको थियो ।

नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्था नेपाल ट्रेडयुनियन काँग्रेसले धादिङले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १००औँ जन्मजयन्ती मनाएको हो ।

यसै अवसरमा टे्रडयुनियनद्वारा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष धुर्व रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस धादिङका सचिव विकास श्रेष्ठले स्मरण मन्तव्य राख्नु भएको थियो ।

सो कार्यक्रममा वागमती प्रदेश टे्रडयुनियन काँग्रेसका उपाध्यक्ष तुलसीप्रशाद अधिकारी,युनियनका प्रदेश महाधिवेशन प्रतिनिधी,जिल्ला शाखाका पदाधिकारीहरु,प्रेस युनियनका कोषाध्यक्ष सीता सापकोटा,पार्टीका प्रतिनिधी तथा नेताहरु,कार्यकर्ताहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संन्चालन युनियनका उपाध्यक्ष  कृष्णमणी नेपालले गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस