
नारी बाटिका
काठमाडौँ २३ असार ।
मुलुकमा पछिल्लो राजनितिक घटना क्रमलाई हेर्दा लगभग प्रचण्ड सरकार ढल्ने अवस्थामा छ । यति हुंदाहुंदैपनि एकीकृत समाजवादीले भने विश्वासको मत दिने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने निश्चित रहेपनि आफ्नो पार्टीले दाहाललाई नै विश्वासको मत दिने नेता माधवकुमार नेपालले बताउनु भएको छ ।
आइतबार पार्टी केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता जगन्नाथ खतिवडा भनाई अनुसार प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित रहेपनि एकीकृत समाजवादीले विश्वासको मत दिने जानकारी दिएका हुन् ।
(खतिवडाले ‘सरकारको बारेमा हामीले केही निर्णय गरेका छैनौँ । सुन्दैछौं २८ गते विश्वासको मत लिने निर्णय भएको छ । स्वाभाविक गतिलाई हेर्दा सरकारले विश्वासको मत प्राप्त गर्दैन, सरकार ढल्छ भन्ने देखिन्छ । तरपनि हामी यही सरकारलाई विश्वासको मत दिन्छौँ ।’
केही समयअघि मात्रै गठबन्धनमा रहेका नेकपा एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी्ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पुगेको हो ।
प्रधानमन्त्री प्रचण्डले आफुलाई बहुमत नआउने स्पष्ट हुँदा हुदै पनि आगामी असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरिरहेका छन् ।
हालको सत्ता साँझेदार दलहरुमध्यका रास्वपा र एकीकृत समाजवादीले भने प्रधानमन्त्री प्रचण्डलाई साथ दिने बताएका छन् ।








प्रतिक्रिया दिनुहोस