आज: २०८३ जेष्ठ १४, बिहिबार | Thu, 28, May, 2026

एक १६ वर्षीय काका पर्ने किश्वरले ११ वर्षीया बालिका(भतिजी)लाई बलात्कार

२०८१ अषाढ २५, मंगलबार मा प्रकाशित ( १ साल अघि) ५८५२ पटक पढिएको
नारी बाटिका


धादिङ २५ असार ।

धादिङ जिल्लास्थित एक १६ वर्षीय काका पर्ने किश्वरबाट ११ वर्षीया बालिका(भतिजी) बलात्किृत भएकी छन्र । आफ्रनै नजिकको दाजुकी छोरी भतिजी नाता पर्नै एक ११ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले पक्राउ गरेको छ ।

यसै साताको आईतबार नीलकण्ठ नगरपालिका–१० बाट निज किश्वरलाई सो आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

पिडित बालिकाको आफन्तले असार २१ मा घटनापछी बालिकालाई किश्वरले बलात्कार गरेको भनी असार २२ मा जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा किस्वरलाई पक्राउ गरि अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।

धादिङ जिल्ला अदालतले आरोपित किश्वर(बालक)लाई हाडनाता तथा जबरजस्ती करणी गरेको कसुरमा असार २३ मा पाँच दिनको हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस