
मोरङ ३ साउन ।
.मोरङको बेलबारी जंगलमा आफ्नै छोराबुहारीले मरोस् भनेर वृद्ध बावुलाई छाडेको अवस्थामा एक वृद्ध फेला परेका छन् । नेपाली भाषा राम्रोसंग बोल्न नजान्ने,कान पनि राम्रो नसुन्ने घनघोर जंगलमा अ.७० वर्षीया जामुनलाल झाँगडलाई वनको रेखदेख गर्न गएका वन हेरालुले वृद्धलाई भेटेका हुन् ।
ति वृद्धालाई एक्लै त्यति ठुलो घनघोर जंगलमा देखेपर्छी वन हेरालुले उद्धार गरेका थिए । उनलाई वन हेरालुले भेटेर स्थानीय तथा प्रहरीको सहयोगमा अस्पतालमा भर्ना गरी उपचार भैरहेको छ । घटनाको सम्वन्धमा जिल्ला प्रहरी कार्यलय मोरङले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस