आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

रामेछापमा पहिरोमा पुरिएर ३ किशोरीहरुले ज्यान गुमाए

२०८१ श्रावण ११, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ११६५२ पटक पढिएको
नारी बाटिका


फाईल तस्वीर

रामेछाप ११ साउन ।

गएराति आएको पहिरोमा पुरिएर रामेछापमा ३ किशोरीहरुले ज्यान गुमाएका छन्। गएराति गोकुलगंगा गाउँपालिका–६ फर्पु भन्ने स्थानमा पहिरोमा परी तीन जना किशोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ।

यसरी ज्यान गुमाउनेमा सोही गाउँकी बिमा तामाङ्गको घरभित्र आगो तापी रहेका तिन किश्वरीहरुलाई माथिबाट आएको पहिरोले पुरेर मृत्यु भएको हो । मृत्यु हुनेमा १७ वर्षकी सिता तामाङ्ग, १४ वर्षकी आसिका तामाङ्ग र १३ वर्षकी लक्ष्मी तामाङ्ग रहेका छन् ।

प्रहरीका अनुसार उनीहरु हिलो र झरीमा रोपाईं गरेर घर आएका र चिसो भएको कारण तीनै जना किशोरीहरु आगो बालेर ताप्दै गर्दा घर माथिको डिस्को भत्किएर लेदो घर भित्र पस्दा लेदोले पुरिएर तीनै जनाको मृत्यु भएको थियो।

प्रहरीले घटनाको सूचना पाउना साथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना समेतको उद्धार टोली गाउँतर्फ पठार्इ टोलीहरु घटनास्थल तर्फ गईसकेको जनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस