
नारी बाटिका
बिबियु नारी बाटिका संवाददाता
काठमाडौं २४ साउन।
नुवाकोटमा भएको हेलिकप्टर दुर्घटना बारे छानविन गर्न सरकारले समति गठन गरेको छ । गठित समितीमा नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।
हिजो(बुधबार) नुवाकोटको शिवपुरी गाउँपालिका– ७ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाइलट अरुण मल्लसहित ५ जनाको मृत्यु भएको थियो ।उक्त दुर्घटनापछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसी नेपाली सेनाका वरिष्ठ पाइलट थापाको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहेका छन् । समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको सरकारका प्रवक्ता एव. सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो ।








प्रतिक्रिया दिनुहोस