
नारी बाटिका
सोलुखुम्बु १ भदौ ।
सोलुखुम्बुमा आएको बाढीले ठुलो भौतिक क्षति पुर्याएको छ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा बाढीपहिरो आउँदा केही निजी घर तथा पर्यटकीय होटलहरु बगाएको सोलु प्रहरीले जनाएको छ ।
सुक्रबार सो गाउँमा हिमताल फुटेर बाढी आएको आशंका गरिए पनि यकिन हुन भने नसकेको स्थानीय प्रशासनले जनाएको छ । दूधकोशी नदीमा आएको बाढीले ४ वटा घर र एउटा होटल बगाएको प्रहरीले जनाएको छ । यस्तै थामे भन्ने स्थानमा ४० घर रहेकोमा अहिले सबै घरमा मानिस भए नभएको स्पष्ट नभएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक रोशन खड्काले सुक्रबार वेलुकीसम्म मानवीय क्षतिको विवरण नआएको भएतापनि घटनास्थलमा प्रहरी पुगेसंगै क्षति विवरण संकलन कार्य तिब्र बनाईएको थियो ।








प्रतिक्रिया दिनुहोस