
नारी बाटिका
काठमाडौं ५ भदौ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो सरकारले जसरीपनि संविधान संशोधन गर्ने बताउनु भएको छ । तर यो सरकारले संविधान संशोधन गर्दा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई पनि साथमै लिएर संशोधन गरिने बताउनु भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा प्रमुख अतिथ्यताको सम्बोधन गर्नु हुदै सभापति देउवाले बाहिर हल्ला भएजस्तो कसैको दबाबमा एमाले र काँग्रेसकोे सत्ता समिकरण नभएको स्पष्ट पार्नु भएको थियो ।
उहाँले भन्नु भयो,‘ओलीजी र मबीच भएको सहमति सार्वजनिक नै छ, त्यो केही कुरा लुकाउनु पर्ने छैन । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो । त्यसैले कसैले शंका गर्नुपर्ने ठाउँ छैन । ओलीजीसँग धेरै सोची विचारी गरेको सहमति हो, दुई पार्टी मिले भइहाल्छ नि भन्थे हामीले अरुलाई पनि समेटेका छौं । हामीले खिलाफमा सरकार बनाउन समिकरण गरेको हुँदै होइन ।’
यसैगरी सोही कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र एमालेबीच मध्यरात गरेको सम्झौताका कारण आशंका उत्पन्न भएको बताउँदै संविधान संशोधन गर्ने नै भए खुला छलफल गर्न आग्रह गरेका थिए ।








प्रतिक्रिया दिनुहोस