
काठमाडौँ १६ भदौ ।
ललितपुरको भैंसेपाटीस्थित वाइबल स्कुलको होस्टमा एक जना विद्यार्थी मृत फेला परेका छन् । ललितपुर महानगरपालिका(२५ भैंसेपाटी आवासमा डिएमआई वाइबल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्दै आएका छात्रको होस्टलमै मृत अवस्थामा भेटिएका हुन् ।
मृत्यु हुनेमा मोरङ घर भएका २० वर्षीय सकलु मर्डीको होस्टेलमै मृत भेटिएको प्रहरीले जनाएको छ। उनी हिजो शनिबार मृत भेटिएका थिए । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस