आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

बर्दघाट सुस्ता पूर्वको नाम फेरेर नवलपुर राख्न स्थानीय नागरिकको माग

२०८१ भाद्र २४, सोमबार मा प्रकाशित ( १ साल अघि) १३०३५ पटक पढिएको
नारी बाटिका


नवलपरासी – २४ भदौ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को नाम फेरेर नवलपुरको नामाकरण गर्न स्थानीय एमाले नेताले प्रधानमन्त्री वलीसमक्ष ध्यानाकर्षण गराइएका छन्। आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बर्दघाट सुस्ता पूर्वबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका केन्द्रीय सदस्य, पार्टीको तर्फबाट गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्री र जिल्ला अध्यक्ष जीवन श्रेष्ठसहितका प्रतिनिधिले मागपत्र बुझाएका हुन्।

उक्त जिल्लाका एमाले पार्टीबाट चुनाव जितेका नेताले राखेका मागपत्रमा जिल्लाको नामकरण नवलपुर गरिनुपर्ने, धौबादी फलाम खानीको उत्खनन निरन्तर हुनुपर्ने, त्रिवेणी–दुम्कीबास सडक, हुलाकी राजमार्ग, नमूना सदरमुकाम निर्माण र त्रिवेणी भन्सार सञ्चालन हुनुपर्नेलगायत विषय उल्लेख गरिएका छन्।

साथै त्यसै अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रले धान्ने अवस्थालाई ख्याल गरेर विकास निर्माणमा उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नु भयो। प्रधानमन्त्री वलीले उत्पादकत्व वृद्धि र लोकतन्त्रको रक्षामा आफ्नो योगदान गर्न सबैसँग आह्वान गर्नु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस