
नारी बाटिका
काठमाडौं – २६ भदौ ।
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, भएको छ भने ९ जना घाइते भएका छन् । बुधबार अर्घाखाँचीको शीतगंगा नगरपालिका(१२ हिलेखोलामा छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ७४६३ नम्बरको जिप दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको हो । साथै सोही दुर्घटनामा ९ जना घाइते भएका हुन् ।
सो दुर्घटनमा मृत्यु हुनेमा अन्दाजी ६५ वर्षका रामप्रसाद पन्थी रहेको र मृतकको ठेगाना खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । घाइते ९ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाईएको छ ।
सडकदेखि जिप करिव ७० मिटर तल खसेको प्रहरीले छ । जिप चालक चुराबहादुर खत्री घाइते भएका छन् । उनलाई उपचारका लागि बुटवल पठाइएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस