आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

आज यी स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

२०८१ आश्विन ४, शुक्रबार मा प्रकाशित ( १ साल अघि) १२६२४ पटक पढिएको
नारी बाटिका


काठमाडौं ४ असोज ।

हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। आलको समयमा देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

जसका कारण आज देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ।
त्यस्तै आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

कोशी र बागमती प्रदेशका केही स्थानमा, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसमपुर्वानुमान विभागले जनाएको छ।

यसैगरी आज सुक्रबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस