आज: २०८२ चैत्र ८, आईतबार | Sun, 22, Mar, 2026

वडादशैँको अष्टमी(नवमी एकै दिन पर्यो, टीकाको साइत ११ बजेर ३६ मिनेमा उत्तम

२०८१ आश्विन ५, शनिबार मा प्रकाशित ( १ साल अघि) १३१८५ पटक पढिएको
नारी बाटिका


काठमाडौं ५असोज ।

यस वर्र्षको वडा दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा उत्तम रहेको छ। भने साईत नहेर्नेहरुका लागी भने दिनभर टिका लगाईन्छ । सामान्यतया बडादशैँ भन्नाले घटस्थापनाका दिनदखी टिकाको दिनसम्म १० दिनसम्म हुने भएकोले दिकाको दिनलाई विजयादशमी भनिएको हो । तर यस वर्षको दशैं भने ९ दिनको मात्रै पर्न आएको छ ।

वडादशैंका अवसरमा नेपालीजनहरुले गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सुक्रबार सार्वजनिक गरेको हो।

पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९ः१६ बजे तथा असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७ः११ बजे तथा स्थिरासन ८ः४३ बजे तोकिएको छ।

असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको छ। यस्तै २६ गते विहान ११ः३६ बजे टीकाको साइत तोकिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस