
नारी बाटिका
महेन्द्रनगर ७ असोज ।
थुनुमा रहेका अभियुक्तहरु भेन्टिलेसन नै फोडेर धनुषा कारघारबाट ९जना फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा रहेका थुनुवाले प्रहरी कार्यलयभित्रको ह्याक्सो ब्लेड प्रयोग गरी भेन्टिलेशन’ फोरेर ९ जना थुनुवा फरार भएका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवालेका अनुसार हिरासत कक्षमा रहेका १० जना मध्ये आज बिहान नौ जना थुनुवा फरार भएको जनाएका छन् ।
यसरी फरार भएकामध्ये एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। फरार सबै थुनुवा लागुऔषध र चोरी मुद्दाका अभियुक्त रहेका बताइएको छ। थुनुवाले रड काट्न प्रयोग हुने ‘ह्याक्सो ब्लेड’को प्रयोग गरी भेन्टिलेशन काटेर फरार भएका र ह्याक्सो ब्लेड उनीहरुको पहुँचमा कसरी पुग्यो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रवक्ता अवालेले बताउनु भयो ।
प्रहरीले फरार अभियुक्तको नाम सार्वजनिक गरेको छ। प्रवक्ता अवालेका अनुसार फरार हुनेमा अमितकुमार झा, रञ्जित मण्डल, रोशन मण्डल, भास्कर यादव, विशाल मुखिया लागुऔषध मुद्दाका थुनुवा हुन् । यस्तै सुमित मेस्तर, मनिष मण्डल र विक्की कार्की अभद्र व्यवहार मुद्दाका अभियुक्त हुन्।








प्रतिक्रिया दिनुहोस