आज: २०८२ फागुन २, शनिबार | Sat, 14, Feb, 2026

पृथ्वी राजमार्गको झ्याप्ले खोला घटना अपडेट:थप ६ शव फेला,यससंगै मृतकको संख्या ३५ पुग्यो

२०८१ आश्विन १३, आईतबार मा प्रकाशित ( १ साल अघि) ११६०३ पटक पढिएको
नारी बाटिका


बिबियु नारी संन्चार संवाददाता

धादिङ – १३ असोज ।

काठमाडौं र धादिङको सीमानामा पर्ने झ्याप्लेखोलामा शनिबार गएको लेदोसहितको पहिरोले पुरिएका थप ६ जनाको शव भे६िको छ । यो संगै सो घटनामा मृतकको संख्या ३५ पुगेको छ। आज मात्रै १५ र अहिले थप ६ वटा शव गरी २१ जनाको शव निकालिएको हो।

साथै शनिबार १४ वटा शव निकालिएको थियो। योसँगै तीनवटा यात्रुबाहक सवारी साधनबाट ३५ जनाको शव फेला परिसकेको हो। आज निकालिएका १६ जनाको शव चितवनबाट आएको बा३ज १३४५ नम्बरको हाइस माइक्राका यात्रुको रहेको सशस्त्र प्रहरी बलका डिएसपी शैलेन्द्र थापाले बताउनु भयो।

थापाका अनुसार शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस सम्पर्क विहीन भएको थियो । तर उक्र बस यही झ्याप्ले खोलास्थितको लेदोसहितको पहिरोले पुरिएको अवस्थामा भेटिएको हो।

उक्त बसबाट पाँच जनाको शव निकालिएको प्रहरीले बताएको छ । बुटवलबाट काठमाडौं आउँदै गरेको विङ्गर हाइस पनि सोही पहिरोमा पुरिँदा सो हाइसका मृतक यात्रुहरु १४ जनाको शव हिजै निकालिएको थियो।

प्रत्यक्षदर्शी र प्रहरीको भनाई अनुसार घटनास्थल नजिक पुगेपछी सो स्थानमा पहिरो खस्न थालेको देखेपछी उक्त गाडीहरु साइड लागेर सुरक्षित हुन खोजेको देखिएको थियो । तर त्यसै स्थानमा ठूलो पहिरो खसेकोले तिनैवटा गाडीहरु एकैसाथ पुरिएको पाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस