
काठमाडौँ – १४ असोज ।
काठमाडौंबाट लमजुङ तर्फ जाँदै गरेको यात्रुबाहक हायस गाडी काठमाडौंको शिवपुरीमा आज दुर्घटना भएको छ ।गत शनिबारको नागढुंगा मुनि झ्याप्लेखोलामा गएको पहिरोले सो सडक अवरुद्ध भएपछी त्यो बाटोको विकल्पको रुपमा टोखा नुवाकोटको गँगटे हुँदै गल्छी जान लागेको हायस शिवपुरीमुनी चापाबोट भन्ने स्थानमा दुर्घटना भएको हो ।
आज दुर्घटना भएको ग १ ख ४५३५ नम्बरको हायस गाडीमा चालक सहित १८ जना सवार थिए । उक्त हायस दुर्घटनामा परी घाइते भएका ११ जनालाई उपचारको लागि काठमाडौं तर्फ लगिदै गरेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
साथै प्रहरीका अनुसार घटनास्थलमा उद्धार गर्ने कार्य जारी छ । थप विवरण आउन बाँकी रहेको नुवाकोट प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस