आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

ओखलढुङ्गा जाँदै गरेको बस दोलखामा दुर्घटना,१५ यात्रु घाइते

२०८१ आश्विन २३, बुधबार मा प्रकाशित ( १ साल अघि) १६४५६ पटक पढिएको
नारी बाटिका


काठमाडौं २३ असोज ।

दोलखामा यात्रु बाहक बस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । आज काठमाडौंबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको यात्रु बाहक बस दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना हुँदा १५ जना यात्रु घाइते भइएका हुन्।

बुधबार ओखलढुङ्गाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रु बस लामोसाँघु–जरी सडक खण्डअन्तर्गत दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना भएको थियो।

प्रदेश ३–०१–००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भइ सडकर्म दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरी चरिकोट ल्याइएको प्रहरीले जनाएको छ। अहिले घाइतेको चरिकोटस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस