
नारी बाटिका
काठमाडौं ८ कार्तिक ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन नेपाल आउनु भएका बिश्व बैंकका (दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गर्नु भएको छ । वार्ताका क्रममा नेपालमा रोजगारी सृजना गर्ने विषयमा केन्द्रित रहेको नेपाली राजदूतावासले जनाएको छ ।
भेट वार्ताका अवशरमा नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सृजना गर्ने विषयमा छलफल भएको थियो ।
, विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने भएको छ । सहायता सम्बन्धी सम्झौता पत्रमा नेपाल सरकार र विश्व बैंकको तर्फबाट हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गर्नु भएको छ ।
दुई देशबिचको सम्झौता अनुसार विश्व बैंकले १५ करोड डलर उपलब्ध गराउने भएको छ। उपप्रधान तथा अर्थमन्त्री पौडेल र विश्व बैंक ९दक्षिण एसिया मामिला) का उपाध्यक्ष मार्टिन रेजर उपस्थितिमा भएको हस्ताक्षर पत्रमा नेपालको प्राकृतिक र जलवायु परिवर्तनका कारण आइपर्ने स्वास्थ्य जटिलताको लागि स्रोत परिचालन गरिने पनि सहमती भएको छ ।








प्रतिक्रिया दिनुहोस