
काठमाडौँ १६ कार्तिक ।
हाल देशभर पश्चिमी वायुको तथा पहाडी भू(भागमा स्थानीय वायुको आंशिक प्रभाव परेको छ । यसको प्रभावले आज देशका पहाडी भू(भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू(भागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । सुत्रलबार कोशी, बागमती र गण्डकी प्रदेश पहाडी भू(भागका केही तथा बाँकी प्रदेशका पहाडी भू(भागका एक–दुई स्थानमा चट्याङ्गसहितको हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै आज यी प्रदेश मध्यका केही भागमा कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विभाग पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति देशको पहाडी भू(भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस