
नारी बाटिका
जनकपुर १९ कार्तिक ।
कृर्षी प्रदान देश नेपाल भनिन्छ, तर के गर्नु ? नजिकिँदै गरेको छट पर्वको लागी केरा पनि भारतबाटै ल्याउनु पर्ने अवस्था भएपछी ? तिहार सकिए लगतै मनाईने छटी िपर्वको लागी नभई नहुने १० चक्काको ट्रकमा एक हजार २०० घरी केरा भारतबाट नेपाल आएको छ । फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवका अनुसार जनकपुरसम्म ल्याउँदाको खर्च प्रतिट्रक बराबर ६ लाख रुपैयाँ पर्छ । बजारमा प्रत्येक केराको घरीलाई ५०० देखि एक हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गरिन्छ ।
नेपालको तराई भु,भाग तथा मधेस प्रदेशको मुख्य पर्व छठका लागि धनुषाको ढल्केबर बजारमा केरा बिक्री गरिँदैछ । छठमा केराको सिंगो घरी चढाइने भएकाले अहिले मधेसका जिल्लामा केराको माग अत्यधिक बढेको बताईन्छ । यस्तै मधेस प्रदेशको राजधानी जनकपुरधाममा पाँच करोड रुपैयाँ बराबरको केरा आयात गरिएको छ । उक्त परिमाणको केरा छिमेकी देश भारतबाट आयात गरिएको हो ।
केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिएको छ । तर एकदमै खपत तथा बिक्री हुने केरा माग बमोजिम किसानले उत्पादन गर्न सकेको पाइँदैन । जसका कारण विशेषगरी तराईवासीले धुमधाम संग मनाउने छठ पर्वमा केराको माग उच्च हुने र आपूर्ति कम हुने हुँदा हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष यादवले बताउँछन् । किसानले स्थानीयस्तरमा माग अनुसारको केरा उत्पादन गर्न नसकेपछी भारतीय बजारबाट केरा ल्याउनु पर्ने वाध्यता रहेको उपभोक्तको भनाई छ ।
भारतीय बजारबाट जनकपुरधाममा गोपाल र वंशीभोग केरा सप्तरीको भारदह र सुनसरीको भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा केरा भने भारतको आसाम, गुवाहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिले बताएको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले केराको भाउ महगिँएको नेपालका व्यवशायीहरु बताउँछन् । ‘छठ पर्व मनाउने संख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । यसैले बजारको माग अनुसार गत वर्षको तुलनामा यस वर्ष २५–३० ट्रक बढी ८५ ट्रकजति केरा नेपाल भितिएको छ,’








प्रतिक्रिया दिनुहोस