
नारी बाटिका
दार्चुला– ३० कात्तिक ।
दार्चुलामा आज बिहानै तिर्थालु बोकेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
आज विहानै दार्चुलाको मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वर तर्फ गइरहेको म १ ज ३३८ नम्बर को बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।
प्रारम्भिक विवरण अनुसार तिर्थालु बोकेको जिप ग्वानीको बजानी नजिक सिराडको खोलामा जिप दुर्घटना भएको र मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
जिप सडकबाट धेरै तल खसेकाले केही यात्रु घाइते भएको हुनसक्ने र रातिको समयमा दुर्घटना भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस