
काठमाडौँ ५ मंसिर ।
न्यायको लागी आएकी एक महिलाले आज पाटन उच्च अदालत परिसरमै विष सेवन गर्न लागेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । बझाङ घर भएकी रश्मिला धामीले बुधवार पाटन उच्च अदालत परिसरमा विष सेवन गर्न लागेपछि पक्राउ परेकी हुन् ।
पक्राउ परेकी उनीमाथि आपराधिक लाभ (एक्सटर्सन) कसूरको आरोपमा कारवाही हुने प्रहरीले जानकारी दिएको छ । बुधबार पाटनस्थित उच्च अदालत परिसरबाट उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीसँग उनी आमुने(सामुने भएकी थिइन् ।
ति महिलाले प्रहरी देख्नासाथ आत्तिएर विषादीजन्य वस्तु सेवन गरेको प्रहरी स्रोतले बतायो । उनलाई उपचारका निम्ति पुल्चोकस्थित अल्का अस्पताल लगिएको थियो ।अस्पताल लगेपछि उजुरीबारे अनुसन्धान हुने प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस