
काठमाडौँ ७ मंसिर ।
राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा. सुरेश आचार्यलाई नियुक्त गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको निर्णयले डा.आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । उहाँले नेपाल पत्रकार महासंघका केन्द्रिय पूर्वअध्यक्ष समेत भएर काम गरीसक्नु भएको छ ।
यस्तै सोही बैठकले सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई पनि नियुक्त गर्ने निर्णय गरेको बैठकमा स्रोतले बताएको छ । उनीहरूलाई सो पदमा नियुक्ती गर्नको लागी गत २९ कात्तिकमा सिफारिस भएको थियो ।












प्रतिक्रिया दिनुहोस