आज: २०८३ आश्विन २६, सोमबार | Mon, 12, Oct, 2026

हिंसा पिडित विनु यादवले सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्यापि दिईन्

२०८१ मंसिर ११, मंगलबार मा प्रकाशित ( १ साल अघि) १२५३३ पटक पढिएको
नारी बाटिका


काठमाडौं ११ मंसिर ।

घरेलु हिंसाबाट पिडित बनेकी विनु यादवले आज सर्वोच्च अदालतको साईन बोर्डमा कालो रंग छ्यापि दिएकी छिन् ।

लैंगिक हिंसा विरुद्धको अभियान चलि रहँदा हिंसा पिडितको न्यायलयप्रति आक्रोस बढेको छ । हरेक वर्ष नोवेम्वर २५ देखी १६ दिनसम्म मनाईने लैंगिक हिंसा विरुद्धको अभियान नेपालमा पनि शोमबारदेखी सुरु भएको छ ।

तर हिंसा अन्त्यको लागी भन्दै लैंगिक हिंसा विरुद्धको अभियान चलि रहँदा राज्यको न्यायमुर्ति ढोकामा टाँसिएको बोर्डमा हिंसा पिडित विनुले आफुले न्याय पाउन नसकेकोमा आक्रोस भएर न्यायलयको उच्च तहमा रहेको सबोच्च अदालत जस्तो देश कै गरिमा बोकेको न्यायलयको बोर्डमा कालो रंग छ्यापेकी हुन् ।

उनी निकै समयदेखी घरेलु हिंसाबाट पीडित भई आफुले न्यायको याचना गर्दा सरकारले न्याए नदिएको बताउँदै आएकी विनु यादव सर्वोच्च अदालत अगाडिको बोर्डमा कालो रंग छ्यापेर विरोध प्रदर्शन गरेकी हुन्। केही बेरअघि भएको यस घटनापछी प्रहरीले उनलाई पक्राउ गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑