
नारी बाटिका
काठमाडौं २४ मंसिर ।
कम्युनिष्टका प्रखरवत्ता नेता मोहन बैध, क्रान्तिकारी कम्युनिस्टको महासचिवमा निर्वाचित भएका छन् ।
आइतबार साँझ सम्पन्न एकता महाधिवेशनले वैद्यलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको थियो । एकता महाधिवेशनले पहुपदीय व्यवस्था खारेज गरेको छ । हिजो किर्तिपुरमा सम्पन्न महाधिवेसनमा नेता बैद्यलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
कार्यक्रमको बन्द सत्रमा वैद्यलाई अर्का नेता सन्तबहादुर नेपालीले महासचिवमा प्रस्ताव गरेका थिए भने हेमन्त प्रकाश ओलीले समर्थन गरेका हुन् । महाधिवेसनमा सहभागीहरु समेतले हलमा प्रस्ताव गरे पछि उनी सर्वसम्मत रूपमा निर्वाचित भएका हुन ।
नेता वैद्य अब कम्तिमा पाँच वर्ष सो पार्टीको महासचिव भई नेतृत्वमा रहनेछन् । साथै महाधिवेसनले ११७ सदस्यीय केन्द्रीय समिति रहने साङ्गठनिक प्रतिवेदन पारित गरेको जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस