
नारी बाटिका
काठमाडौँ २५ मंसिर ।
नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले अन्याय र अमानवीय व्यवहार गरिरहेको बताएका छन्।
मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले यस्तो बताएका हुन्।
उनले नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसँग तीन दिनभित्र रवि लामिछानेको मुद्दा अदालतमा दर्ता गराउन माग समेत राखेका छन्।
शर्माले कानूनी राज्यलाई मान्ने दायित्व राष्ट्रिय स्वतन्त्र पार्टीको पनि भएको भन्दै अदालतले गर्ने फैसला मान्नु पर्ने बताएका हुन्।
उहाँले पूर्वगृहमन्त्री रवि लामिछानेलाई गिरफ्तार गरेपछी सरकारले १० दिनभित्रमा अदालत लैजानु पर्नेमा अहिले सम्मपनि अमानवीय व्यवहार गरिएको स्पष्ट पारेका थिए। रवीमाथी अनुसन्धान गर्ने भन्दै विभिन्न जिल्लामा पुर्याउने काम गरेकोप्रति आपत्ति जनाएका छन्।
यस्तै शर्माले गिरफ्तार गरेर अनुसन्धान गर्नु सरकार, प्रहरी र कानूनको दायरामा पर्ने विषय भए पनि एउटा मान्छेलाई गिरफ्तार गरेर जनावरलाई जस्तो व्यवहार गर्नु स्वीकार्य नभएको बताए।








प्रतिक्रिया दिनुहोस